काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलिय पदार्थको मूल्य घटेको नयाँ मूल्यसूची पठाएको हो ।
निगमका अनुसार नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर ३.७३ पैसा घटेर आएको छ भने पेट्रोल प्रतिलिटर २.५१ रुपैयाँ मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ ।
भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।
हाल उपभोक्ताले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १७२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेका छन् ।