आज मिति २०७९ माघ ४ गते बुधबार, ई.सं १८ जनवरी, २०२२ । तिथि- माघ कृष्णपक्ष एकादशी, ११ः२७ बजे उप्रान्त द्वादशी, नक्षत्र- अनुराधा, १३ः३३ बजे उप्रान्त ज्येष्ठा, योग- वृद्धि, करण- वालव, चन्द्रराशि-वृश्चिक, सूर्योदयः ६ः५७, सूर्यास्तः १७ः३१ ।
मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
वृष : व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।
मिथुन : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।
कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
सिंह : यात्रामा पनि झण्झट आइलाग्ने छ ।
कन्या : घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।
तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पु¥याउनेछन् ।
वृश्चिक : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।
धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
मकर : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिनेछ ।
कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।
मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।