पोखरा विमान दुर्घटनाका शव आज आफन्तलाई बुझाइने

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ४८ जनाको शव मंगलबार काठमाडौं ल्याइएको छ । अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइने भएको छ ।

काठमाडौं ल्याइएका शव प्रकृया पुर्याएर आज बुझाइने बताइएको छ ।

काठमाडौंबाट  पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।

माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हिजो मंगलबार बेलुकासम्म ७१ जनाको शव फेला परेको छ । हिजो थप एकजनाको शव भेटिएको थियो ।

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सातजना र मंगलबार एकजनाको गरी ७१ जनाको शव फेला परेको छ । अब एकजनाको मात्र अवस्था थाहा हुन सकेको छैन ।

बेपत्ता एकजनाको खोजी कार्य निरन्तर रहेको नेपाली सेनाले जनाएको छ ।

६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार यती एअरलाइन्सको नाइन एन–एएनसी–एटिआर विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । विमानमा १५ जना विदेशी यात्रु रहेका थिए ।


Published :४ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media