भियतनामी राष्ट्रपतिको राजीनामा

भियतनाम । भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदत्याग गरेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् ।

हिजो भएको केन्द्रीय समितिको बैठकमा उनले पदत्यागको घोषणा व्यक्तिगत कारणले गरेका जानकारी दिइएको थियो । दुई वर्षअघि उनी भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भुडक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो । उनीहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो । (एजेन्सी)


Published :४ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media