काठमाडौं । नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभा सभामुखका पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।
बुधवार नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रश्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन् ।
उनलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन रहेको छ ।