कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्छः विश्वप्रकाश शर्मा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दावी गरेका छन् ।
बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक जवाफ दिइसकेको बताउँदै भने ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन । अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि राष्ट्रपतिको चुनावको समय आउँछ । त्यसबेला कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुनेछन् ।’


Published :४ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media