काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने निर्णय गरेको छ।
बुधबार पार्टीको संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
त्यस्तै सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने भएको छ। पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल गर्ने र त्यसपछि निर्णय लिने जसपा संसदीय दलले जनाएको छ ।