वालिङ्टन । न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले अर्को महिना प्रधानमन्त्री पद छाड्ने बताएकी छन् ।
उनले ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न केही बाँकी नरहेको बताइन् । त्यसैले अब आफू अर्को चुनाव नलड्ने पनि घोषणा गरिन्।
जासिन्दा आर्डेनले फेब्रुअरी ७ सम्ममा लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन् । आगामी दिनमा उनको उत्तराधिकारी चयनका लागि मतदान हुँदैछ ।
यस वर्षको अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ । आर्डेनले केही दिनपछि आफ्नो भविष्यबारे सोच्ने बताएकी छन् । उनी सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन्। सो समयमा उनी विश्वको सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री बन्ने महिला बनेकी थिइन् । आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौतीको सामना गरिन् । (एजेन्सी)