उपसभामुख पदको निर्वाचन माघ ७ गते

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ ।

प्रतिनिधिसभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् ।

साथै उनले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिएका छन् । आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उनको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरिन् ।

त्यस्तै एक मत भने तटस्थमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी भएका थिए ।

 


Published :५ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media