काठमाडौं । सत्ता गठवन्धनबाट उपसभामुखको उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर हुने भएकी छिन् ।
आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको थियो ।
मगरलाई उपसभामुखको उम्मेदवार बनाउन सोबिता गौतमले प्रस्ताव गरेकी छिन् ।
बीबीसीले सन् २०१७ मा एक सय प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा समेत राखेकाले संसद प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पार्टीको रहेको बताइएको छ ।
सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ भने भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ ।