सत्ता गठबन्धनबाट इन्दिरा राना मगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता 

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छिन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् ।

शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तााव पेस हुँदै छ ।


Published :६ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media