ठूला तेल कम्पनीहरूले विश्वलाई ध्वस्त बनाएको राष्ट्रसंघका महासचिवको आरोप

डाभोस । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले केही ठूला तेल कम्पनीहरूले जानी-जानी विश्वलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । स्विजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्दै गुटेरसले सन् १०७० तिर नै वैज्ञानिकहरूले दिएको चेतावनीको बेवास्ता गर्दै ठूला तेल कम्पनीहरूले पृथ्वीलाई पाक्ने अवस्थामा पु-याएको आरोप लगाए ।

ठूला तेल कम्पनीहरूलाई उनीहरूको कामले एक दिन विश्वलाई तहस नहस बनाउने छ भन्ने थाहा भएको तर नाफाका लागि आँखा चिम्लिएको आरोप पनि उनले लगाए । उतिबेलै वैज्ञानिकहरूले आजको प्रक्षेपण गरेका रहेछन् भन्दै उनले यही अवस्था बढ्दै गए पृथ्वीका थुप्रै स्थान मानिस बस्न अयोग्य हुने ठोकुवा गरे ।

‘जलवायु परिवर्तनलगायत समस्याले अहिले विश्व दयनीय अवस्थामा पुगेको भन्दै गुटेरसले पृथ्वीको तापक्रम बढेर दुई दशमलव आठ डिग्री सेल्सियस पुग्नु भनेको पृथ्वी धुवाँले भरिनु हो’, उनले भने । (एजेन्सी)


Published :६ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media