संसद भवनमा सर्वदलीय बैठक सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा जारी छ । बैठकमा नेपाली कांग्रेसबाट अजय चौरसिया, जीवन परियार र रमेश लेखक छन् । त्यस्तै नेकपा एमालेबाट सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे, राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला र किसान श्रेष्ठ तथा कानून तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान छन् ।

सभामुख चयन भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका घिमिरेले संसदमा दलको भूमिका, संसदको काम प्रभावकारी बनाउन चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।

घिमिरे माघ ५ गते प्रतिनिधि सभाबाट सभामुखमा निर्वाचित भएका थिए। उनले शुक्रबार राष्ट्रपति समक्षा पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।


Published :७ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media