उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छिन् ।

सत्ता गठबन्धनका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले शनिवारको प्रतिनिधि सभा बैठकमा १६६ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

आजको बैठकमा २६४ सांसदको उपस्थिति थियो । रानामगरको पक्षमा १६६ मत परेको थियो भने उहाँको विपक्षमा ९७ मत र कसैलाई पनि मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

रानामगरले प्राप्त गरेको मत संख्या बहुमत भएको हुँदा रानामगर उपसभामुखमा निर्वाचित हुनुाभएको सभामुख घिमिरेले जानकारी दिए ।

थापामगरको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी थिइन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन थिए ।

यसैगरी उपसभामुखमा नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार थिइन् । यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला थिए । उनलाई नेकपा एस र लोसपा तथा जनमोर्चाको समर्थन थियो ।

प्रतिनिधिसभामा पहिले इन्दिरा रानामगरलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा उनी सभामुखमा निर्वाचित भएकाले कांग्रेसको प्रस्तावमाथि छलफल हुनुनपर्ने सभामुख घिमिरले बताए ।


Published :७ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media