उपसभामुख रानाले आज शपथ ग्रहण गर्ने

काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छिन् ।

रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट साँझ ५ बजे शपथ ग्रहण गर्न लाग्नुभएको हो ।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित हुनुभएकी राना समाज सेवामा क्रियाशील व्यत्ति हुन् ।

उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुखब बनेकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् ।


Published :९ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media