युक्रेनलाई अत्याधुनिक सैन्य ट्यांक सहयोग गर्ने जर्मनीको निर्णय

काठमाडौं । जर्मनीले युक्रेनलाई अत्याधुनिक ‘लियोपार्ड-२’ सैन्य ट्यांक सहयोग गर्ने निर्णय गरेको छ ।

जर्मन चान्सलर ओलफ स्कोल्जले अन्य देशहरुलाई पनि युक्रेनका लागि लियोपर्ड ट्यांक सहयोग स्वरुप पठाउन अनुमति दिएका हुन् ।

जर्मनीमा निर्मित यो सैनिक ट्यांक कुनैपनि देशले तेस्रो मुलुकमा पठाउन जर्मनीको अनुमति लिुनपर्ने अनिवार्य प्रावधान थियो । यसअघि जर्मनीले यो ट्यांक युक्रेन पठाउन आनाकानी गरिरहेको थियो ।

जर्मनीले हाललाई १४ वटा ‘लियोपार्ड-२’ ट्यांक पठाउने निर्णय गरेको हो । पोल्याण्डले यसअघि नै युक्रेनमा त्यस्ता ट्यांक पठाएर सहयोग गर्ने निर्णय गरेकोमा जर्मनीले अनुमति नदिएका कारण रोकिएको थियो । (एजेन्सी)


Published :११ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media