जासुसीको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा कारावास सजाय

काठमाडौँ । अमेरिकामा जासुसी गरेवापत एकजना चिनियाँ इन्जिनियरलाई त्यहाँको अदालतले आठ वर्ष लामो काराबास सजाय सुनाएको छ ।

सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका पुगेका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानबिनपछि सजाय सुनाइएको हो ।

ती आठै जनाले चीन वा ताइवानबाट अमेरिका गएर पछि अमेरिकाको अंगीकृत नागरिकता लिएका थिए ।

जीले चीनको एउटा गुप्तचर निकायको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । उनी सन् २०१८ को सेप्टेम्बरमा पक्राउ परेका थिए । (एजेन्सी)


Published :१३ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media