पोखरा आत्मदाह प्रकरणः बचाउन गएकी घाइते महिलाको मृत्यु 

पोखरा । पोखरामा आइतबार बिहान आगो लागेर घाइते भएकी महिलाको  मृत्यु भएको छ। उनको आइतबार राति ११:२० मा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।

आइतबार बिहान पोखरा १३ काँहुखोलाकी संगीता सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा राति मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।

क्षेत्रीले आत्मदाह गर्न शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि बचाउने क्रममा घरबेटी सापकोटालाई पनि आगो लागेको समाचार बाहिरिए पनि के कसरी क्षेत्री र संगीतालाई आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेकाले पछि मात्र यथार्थ थाहा हुने प्रहरीले बताएको छ ।

आगो लागेर सापकोटाको शरीरको ८० प्रतिशत भाग जलेको  थियो । क्षेत्रीको भने २५ प्रतिशत शरीर जलेको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।


Published :१६ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media