रवि लामिछानेको पासपोर्टमाथि छानबिन हुनुपर्छः महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्री बनाउन नहुने बताएका छन् । लोसपा अध्यक्ष ठाकुरले लामिछानेलाई गृहमन्त्री नबनाउन सरकारसँग माग गरेका हुन् ।

महोत्तरीको मटिहानी पुगेका ठाकुरले भने,‘उहाँको नागरिकताबारे मात्रै होइन्, पासपोर्टमाथि पनि कानुनी प्रश्न हो । पासपोर्टबारे अनुसन्धान बाँकी नै छ । ’

ठाकुरले लामिछानेको राहदानी पनि अनुसन्धान गर्नुपर्ने जिकिर गरे । उनले भने,‘वास्तविकता त उहाँले आफै सोच्नुपर्ने हो। त्यो कामहरू गलत भएको छ कि छैन ? उहाँले सहि ठान्नु भएको कुरो कानुनी रुपमा सहि देखिएन ।’

नागरिकता सन्दर्भमा सर्वोच्च अदालतले निर्णय गरेको र अब पासपोर्टको कुरोमा अनुसन्धान गर्ने बाटो खुलेको ठाकुरको भनाइ छ।

सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि उनले प्रक्रिया पूरा गरेर पुन:नागरिकताको प्रमाणपत्र लिएका छन्। नागरिकता लिगलगत्तै सोमबार नै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन:चयन भएका छन् । लामिछानेमाथि नेपाल र अमेरिकाको राहदानी एकैपटक प्रयोग गरेको आरोप छ ।


Published :१६ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media