काठमाडौँ । पाकिस्तानको पेसावर सहरको एक मस्जिदमा बम विष्फोट भएको छ । बीबीसीका अनुसार विष्फोटबाट २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
एक प्रत्यक्षदर्शीले टीभीलाई बताएका छन्,’म मस्जिदतिर जाँदै थिएँ । नमाज सुरू हुँदै थियो । एक्कासी विष्फोटको आवाज आयो।’
घाइतेहरूको पेसावरको लेडी रिडिङ अस्पतालमा उपचार भइरहेको छ । इस्लामाबादको आईजीले पेसावरमा बम विष्फोट पछि हाई अलर्ट जारी गरेको छ । घटनास्थल वरपर बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पाकिस्तानको एक नीजि टेलिभिजनले करिब ५० बढि घाइतेहरूलाई अस्पताल भर्ना गरिएको समाचार प्रकाशित गरेको छ । (एजेन्सी)