आर्थिक समस्या समाधानका लागि तत्काल कदम चाल्न प्रमसँग एसको २० बुँदे माग

काठमाडौं । मुलुकको आर्थिक समस्या समाधानका लागि आवश्यक कदम चाल्न माग गर्दै नेकपा एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक समस्या समाधानका लागि समाजवादीले २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो । मुलुकमा चरम आर्थिक सङ्कट परेको, बैङ्कको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको मुलुकमा राजस्वले नियमित खर्च धान्न नसक्ने अवस्था सिर्जना भएको लगाएतका बिषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको उपमहासचिव विजय पौडेलले जानकारी दिएका छन् ।
बैंक तथा विभिन्न वित्तीय संस्थाको ऋण तिर्न नसकेर दैनिक जसो किसान तथा साना र मझौला व्यवसायीहरूले आत्महत्या गरिरहेका र ठुला व्यवसायीहरू पनि गम्भीर सङ्कटतर्फ उन्मुख भएको उनले बताएका छन् । उद्योग÷व्यवसाय धराशायी हुँदै गएपछि बैङ्कको ऋण असुलीमा गम्भीर समस्या देखिएको भन्दै सुधारका लागि सुझाव दिएको पौडेलले बताएका छन् ।
ज्ञापनपत्रमा देशबाट जनशक्ति र पूँजी सँगसँगै पलायन भईरहेको भन्दै बौद्धिक तथा युवा जनशक्ति र विद्यार्थीको पलायन रोक्न तत्काल कदम चाल्न माग गरेको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र–

 


Published :१७ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media