पाकिस्तान मस्जिद विस्फोटमा परी मृत्यु हुनेको संख्या ५९

काठमाडौँ । पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घटनामा परी १५० भन्दा बढी मानिसहरू घाइते भएका छन् ।

सोमवार दिउँसो प्रार्थना भइरहेको समयमा आत्मघाती बम विस्फोटमा हुँदा ठूलोमात्रमा मानवीय क्षति भएको हो ।

घटनामा परि घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

विस्फोट प्रहरी हेडक्वाटर, गुप्तचर र ‘काउन्टर टेरोरिजम युनिट’ को कार्यालय रहेको क्षेत्रमा भएको थियो। त्यसैले यो विस्फोट प्रहरीलक्षित भएको अनुमान अधिकारीहरूले गरेका छन् । (एजेन्सी)


Published :१७ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media