काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
बालकोटमा भएको सो भेटवार्तामा रवि लामिछानेले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने धारणा व्यक्त गरेका थिए । रविको जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको बताए ।
एमाले अध्यक्ष ओलीले भने- ‘सरकार निर्माण गर्दा जे समझदारी हो, त्यही नै कार्यान्वयन हुनुपर्छ।’
रवि लामिछानेसँगको भेटमा ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए ।
सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि फेरि गृह मन्त्रालयमा नै फर्किन कोसिस गरिरहेका छन् । त्यसका लागि उनले प्रधानमन्त्री प्रचण्डलाई पनि दबाब दिएका छन् ।
सोही सिलसिलामा लामिछानेले एमाले अध्यक्ष ओलीलाई पनि भेटेका हुन् ।