मन्त्रीहरूले संविधानविपरीत बोल्न मिल्दैन: रघुजी पन्त

काठमाडौं । नेकपा एमाले सांसद् रघुजी पन्तले सरकारका मन्त्रीहरूनै संविधान विरोधी अभिव्यक्ति दिइरहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान विपरीत मन्त्रीहरूले संविधान विरोधी अभिव्यक्ति दिइरहेको बताए ।

पन्तले भने, ‘सरकारमा सहभागी मन्त्रीहरूनै संविधानको मान्यता विपरीत धर्म निरपेक्षतालाई मान्दिन, संघीयतालाई मान्दिन भन्दै बोलिरहनुभएको छ । संविधान अनुसार शपथ ग्रहण गर्नुभएका मन्त्रीज्यूहरूले संविधान विपरीत बोल्नै मिल्दैन।’

संविधानका आधारभुत संरचनामै प्रधानमन्त्री र मन्त्रीज्यूहरु बाँझिनु लोकतन्त्रका लागि राम्रो लक्षण नभएको बताए ।

उनले यो सरकारमा हाम्रो पार्टीको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधानको बर्खिलापमा नजान सरकारमा सहभागी मन्त्रीलाई आग्रह गरे। उनले शहरी विकास मन्त्री विक्रम पाण्डे र कानून न्याय तथा संसदीय मामीला मन्त्री ध्रुवबहादुर प्रधानले संविधानको बर्खिलाप गर्ने गरी अभिव्यक्ति दिएको बताए। पन्तले धर्मको सहिष्णुतालाई जोगाउनुपर्ने बताए ।


Published :१८ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media