काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गरेका छन् ।
पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै उनले असन्तुष्टि पाेख्दै पार्टी पारित्याग गरेका हुन् ।
सापकाेटाले पार्टीभित्र बाेल्ने अधिकार पनि नदिने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
आम जनताकाे अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खाेजिएकाले आफूले राजीनामा दिएको उनले एक टेलिभिजनसँग बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताए ।
सापकाेटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सापकाेटा लामिछानेकाे विश्वास पात्रका रुपमा चिनिन्छन् । यसले रास्वपा चितवनलाई निकै ठूलो झड्का लागेको छ ।