काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । छापावाला सुन बिहीबार प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । चाँदी आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।