दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौरमा बुधबार राति भएको आगलागीमा परी ९ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट चार करोड मूल्य बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
राति करिब ११ बजे स्थानीय रुद्रबहादुर ओलीको घरबाट सुरु भएको आगलागी नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी,स्थानीयलगायतको पहलमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट तीन पक्की घर र ६ वटा जस्ताको टहरा पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी केही चौपाया तथा पसल पूर्णरुपमा नष्ट भएको स्थानीयले बताएका छन् ।