सांसद चौधरीलाई रिहाइ गर्न नाउपाद्वारा सरकारलाई २४ घन्टे अल्टिमेटम

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन् ।

थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ।

‘उनी २०६६ देखि आजसम्म कहीँ कतै फरार नरहेको यो बीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्। त्योबीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो? आज नागरिक उन्मुक्ति पार्टीबाट संघमा विजयपश्चात् यो मुद्दा किन उठ्यो पूर्वाग्रही आँखाले किन हेरियो?,’ विज्ञप्तिमा भनिएको छ ।

सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको ऐन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको छ । ‘त्यसपछिका घटनाको परिणामको दोषी सरकार र सम्बन्धित निकाय हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

राज्यले जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास नगरोस् भन्दै नागरिक उन्मुक्ति पार्टीलाई आन्दोलनका निम्ति तयार रहन नेता-कार्यकर्तालाई निर्देशन दिएको छ ।


Published :१९ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media