मौसम पूर्वानुमानः पहाडमा आंशिक बदली र तराईमा हुस्सु

काठमाडौं । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

तराईका भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, राती प्रदेश नं. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


Published :२१ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media