काठमाडौँ । राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । सात वर्षीया छोरीको हत्यापछि बुबा किशोर भण्डारीले पनि आत्महत्या गरेका हुन् ।
रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
ती अधिकारीका अनुसार छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको फेला परेका हुन् । टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ । सो घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।