राष्ट्रियसभा उपाध्यक्षको मनोनयन दर्ता हुँदै 

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता आज हुँदैछ । अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार उठाउने निर्णय गरेपनि नाम सार्वजनिक गरेको छैन । यता सत्तारुढ दलले पनि उम्मेदवारको टुंगो लगाइसकेका छैनन् । यद्यपि आज दुवैको तर्फवाट उम्मेदवार मनोनयन भने हुनेछ ।


Published :२२ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media