सत्ता गठबन्धनबाट राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेवारी दर्ता गराएकी छन् । आइतबार बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन् ।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ ।

राष्ट्रियसभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सना छन् । गठबन्धनबाट माओवादी केन्द्रकी अर्यालले उम्मेदवारी दिएकी हुन् । राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीको हुनुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभामा हाल ५८ जना सांसद छन् । उपाध्यको निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भोलि हुँदैछ ।


Published :२२ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media