रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने, सरकारलाई दिएको समर्थन कायमै

काठमाडौं । सरकारबाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।

‘वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई दिएको समर्थन यथावत राख्दै सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेका छौं,’ पत्रकार सम्मेलनमा उनले भने ।


Published :२२ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media