उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन भएकी छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रशाद तिमिल्सिानाले उपाध्यक्षमा एकल उम्मेदवारी  परेकाले अर्याल निर्विरोध निर्वाचित भएको सदनलाई जानकारी गराए ।

नेपाली कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको थियो ।

अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका उपाध्यक्ष यणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेका छन् । लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त थियो ।


Published :२३ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media