काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
रिक्त ३ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्री दाहालले गृहमन्त्रालय नदिएपछि सो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने गरी सरकारबाट बाहिरिएको थियो । सो पार्टीका मन्त्रीहरुले आइतबार सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।