राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

काठमाठौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् ।

पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

पदभार गरेलगत्तै उपाध्यक्ष अर्यालले संघीय संसदमा महिला सांसदहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहेकी अर्याल सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।


Published :२४ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media