मैतीदेवीको प्रहरी बिटमा काठमाडौँ महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मैतीदेवीको प्रहरी बिट भत्काएको छ ।

सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियानअन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो । महानगरीय प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार भवन खाली गराएर हटाउन लागिएको हो ।

‘मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको हो’, उनले भने ।


Published :२४ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media