माघ २८ गते रात्रिभोजको आयोजना गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने हुनु भएको छ ।

राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रिभोजको आयोजना गर्ने हुनुभएको हो ।

संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको स्रोतले बताएको छ ।

राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका उच्च अधिकारी कुटनीतिक नियोगका प्रमुखहरु उपस्थित हुनुहुनेछ ।

आगामी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्न लाग्नुभएको हो ।

नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ । निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।


Published :२५ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media