काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छन् ।
संसद भित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको भन्दै उहाँले आपत्ति समेत जनाइन् ।
बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाक्रीले जनतालाई फेरी पनि निराश बनाउने गरी संविधान र व्यवस्थाविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिइन् । सचिव झाँक्रीले ठूला दलहरुले जनताको अवस्थामा परिवर्तन हुने गरी काम गरेर देखाउने बेला आएको पटक–पटक दोहो-याइन् । उनले सरकारमा गएकाहरुले पनि जिम्मेवारीपूर्ण ढंगले जनताको पक्षमा काम गर्नुपर्ने बताइन् ।
सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब जनताको अवस्था परिवर्तन हुने गरी काम गर्नेगरी सबै राजनीतिक दलहरुले योजना बनाउनुपर्ने बताइन् । उनले बदलाको भाव राखेर मुलुकलाई समृद्ध बनाउन नसकिने जिकिर गरिन् ।