उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीच सिंहदरबारमा छलफल भइरहेको छ । सत्ता गठबन्धनमा अविश्वास बढ्दै गएपछि दुई नेता छलफलमा बसेका हुन् ।

वुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिएपछि सत्तारुढ दलमा खटपट सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा दुई नेताबीच छलफल भइरहेको छ ।


Published :२६ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media