युक्रेनको औद्योगिक क्षेत्रलाई निशाना बनाउँदै रुसद्वारा क्षेप्यास्त्रको व्यापक वर्षा

काठमाडौँ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ शुक्रबार बिहानैदेखि हवाई हमला गरेको हो ।

रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार गरेको युक्रेनका सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले बताए ।

क्रेमलिनको सेनाले युक्रेनको औद्योगिक क्षेत्रलाई आक्रमणको निशाना बनाएको छ । विशेष गरी लुहान्स्क र डोनेस्क प्रान्तलाई उसले मुख्य लक्ष्य बनाएको छ । युक्रेनी ऊर्जा प्रणालीलाई नष्ट गर्न रुस लागि परेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

यसैबीच, युक्रेनी वायुसेनाले आफ्नो प्रतिरक्षा प्रणालीले ७१ वटा रुसी क्षेप्यास्त्रमध्ये ६१ वटा खसालेको दाबी गरेको छ । ‘शत्रुले युक्रेनको महत्वपूर्ण पूर्वाधारमा ठूलो मिसाइल आक्रमण गरेको र उसका ६१  वटा क्षेप्यास्त्र नष्ट भइसकेका छन्’, एक जना सैनिक अधिकारीले  भने । (एजेन्सी)


Published :२८ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media