विवेकशील साझाको पहिलो महाधिवेशन आज सकिने

काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज सम्पन्न हुँदैछ ।

शुक्रबारबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको महाधिवेशनको नयाँ नेतृत्वका लागि पार्टीका केन्द्रीय नेता समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका छन् ।

तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन्। नेता मिलन पाण्डेका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरिनेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन् ।


Published :२८ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media