काठमाडौं । ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा.जेनिथ सिंहलाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले गुरुङलाई निलम्बन गरिएको बताए । उनले भने, ‘वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ । अब उहाँमाथि थप अनुसन्धान हुन्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि हातपात गरेका थिए । गुरुङले डा सिंहलाई वीर अस्पताल अगाडि कुटपिट गरेका थिए ।