बालाजु क्षेत्रका यातायात मजदुरको आन्दोलनले उग्र रुप लियो, प्रहरीको गाडीमा आगजनी  

राष्ट्रपाटी न्युज

१ फाल्गुन २०७९

काठमाडौं । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरको आन्दोलनले उग्ररुप लिएको छ ।
प्रदर्शनकारीको समूहले प्रहरीको भ्यानमा आगजनी गरेको छ ।

बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरे भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको ट्राफिक सामाग्री समेत तोडफोड गरेका छन् । यातायात मजदुरहरुले सडकमा गुडिरहेका नीजि गाडीमा समेत अवरोध पुर्याएका छन् ।


Published :१ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media