मंगलबार काठमाडौंमा सार्वजनिक यातायात बन्दको घोषणा

राष्ट्रपाटी न्युज

१ फाल्गुन २०७९

काठमाडौं । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।

सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।

नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । प्रदर्शनकारीले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन् भने एउटा प्रहरी भ्यानमा समेत आगजनी गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको जनाइएको छ ।


Published :१ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media