नेता चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

राष्ट्रपाटी न्युज

४ फाल्गुन २०७९

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारका अनुसार १० बजेर ५८ मिनेटमा आमा हरिकलाको निधन भएको हो ।
सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गएराति घाइते भएका थिए । उनीहरुलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । हरिकला ८९ वर्षकी थिइन् ।
आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।
गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।
भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।


Published :४ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media