नेकपा एमालेको बूढानिलकण्ठ नगर स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

राष्ट्रपाटी न्युज

७ फाल्गुन २०७९

काठमाडौं। नेकपा एमाले जिल्ला कमिटि काठमाडौंले जिल्लाभर पालिका स्तरिय संगठनात्मक कार्यशाला गोष्ठी अभियान संचालन गरिरहेको छ। यहि अभियान अन्तर्गत फाल्गुन ५ गते बूढानिलकण्ठ नगरपालिकामा समेत उक्त कार्यक्रम सम्पन्न भएको छ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर – १३ चुनिखेलमा रहेको सार पार्टि भेन्युमा बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म कार्यक्रम संचालन गरिएको थियो l

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला कमिटि सह-इन्चार्ज कृष्ण राइ, केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला सह-इन्चार्ज सरिता न्यौपानेले उक्त कार्यक्रममा बिषयगत प्रशिक्षण दिएका थिए।

काठमाडौं जिल्ला कमिटि सदस्य एबम बूढानिलकण्ठ नगर कमिटि इन्चार्ज लक्ष्मी प्रसाद संग्रौलाले संचालन गरेको कार्यक्रममा काठमाडौं जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाले कार्यक्रमको सान्दर्भिकताको बारेमा प्रकाश पारेका थिए।

काठमाडौं जिल्ला कमिटि सचिब राजेश मानन्धर र उप सचिब तेज ढकालले पालिका संचालन कार्यबिधि – २०७९ बितरण गर्दै त्यसले पार्टिलाइ एकताबद्द बनाउन सहयोग पुग्ने कुरामा आफ्नो विचार राखेका थिए।

उक्त प्रशिक्षण कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटि सदस्यहरु,नगर कमिटिका पदाधिकारिहरु, नगरपालिकाबाट तोकिएका इन्चार्जहरु र वडा कमिटिका पदाधिकारिहरुको सहभागिता रहेको थियो ।


Published :७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media