काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीसँगै रहेका योगराज कंडेलका अनुसार भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।
आज विहान ७ वजे चिकित्सकहरुले दिएको जानकारी अनुसार डा. भण्डारीलाई ट्रायलका लागि भेन्टीलेटरबाट हटाउने तयारी भइरहेको छ । भण्डारीको प्लेटलेट्स बढेर १ लाख १२ हजार पुगेको छ भने पिसाबको रिर्पोट पनि सामान्य नै आएको छ ।
डा. भण्डारीले गए राती मुखमा राखिएको नलीका कारण झिजो मानेर तानेकाले नयाँ नलि राखिएको छ भने उनको कृतिम अक्सिजन लेभल ६० प्रतिशतमा पुगेको कँडेलले बताएका छन् ।