बालाजु घटनाः दुई डिएसपीलाई कारबाहीको सिफारिस

राष्ट्रपाटी न्युज

८ फाल्गुन २०७९

काठमाडौँ । बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ । बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको एक सदस्यले बताए । प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र थप मद्दतका लागि पुगेका प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो । दुई जना डिएसपीको कमजोरी देखिएको हुनाले कारबाहीको लागि सिफारिस गरिएको छ,’ ती सदस्यले भने ।


Published :८ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media