काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बाे ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बाे ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
उनले शुभकामना सन्देशमार्फत ग्याल्बाे ल्होसार नेपालका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष, ऐतिहासिक र प्रेरणादायी दिन भएको बताएका छन् ।
ग्याल्बाे ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउने उनको विश्वास छ ।